स्थान
कैलाली जनपुस्तकालय, धनगढी
मिति
कैलाली जनपुस्तकालयको सभाकक्षमा २०८१ असोज ३० गते एक विशेष समारोह भव्यताका साथ सम्पन्न भयो। उक्त कार्यक्रममा शुभ-दिपावली तथा छठ पर्व २०८१ को अवसरमा समुदायका सदस्यहरूबीच शुभकामना आदानप्रदान गरिएको थियो। सोही अवसरमा कवि हेमन्त शिशिरद्वारा रचित कविता संग्रह 'बन्द कोठाको झ्याल' माथि गहन साहित्यिक परिचर्चा समेत गरिएको थियो। सचिव सुभास सङ्कल्प भण्डारीद्वारा आयोजित यस गरिमामय कार्यक्रममा स्थानीय शिक्षाप्रेमी तथा साहित्यकारहरूको उत्साहजनक उपस्थिति रहेको थियो।