धेरै सोधिने प्रश्नहरू
पुस्तकालय कहाँ रहेको छ ?
+
कैलाली जनपुस्तकालय सुदूरपश्चिम प्रदेशको सुन्दर नगरी धनगढीको मुख्य बजारमा अवस्थित छ । नेपाल टेलीकम कार्यालयको दक्षिण तर्फ मुख्य सडक सङ्गै पुस्तकालय भवन देख्न सकिन्छ ।
पुस्तकालय खुल्ने र बन्द हुने समय के हो ?
+
कैलाली जनपुस्तकालय हप्ताको सातै दिन खुला रहन्छ । आइतबार देखि शुक्रवारसम्म बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म (कात्र्तिक देखि फागुन सम्म) तथा चैतदेखि असोजसम्म बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म खुला रहन्छ । तर शनिबार भने बिहान ११ बजे खुल्छ ।
सार्वजनिक बिदाको दिन पुस्तकालय पनि बिदा हुन्छ ?
+
हो, शनिवार बाहेकका सार्वजनिक बिदाका दिन पुस्तकालय पनि बन्द रहन्छ । संघीय र प्रदेश सरकार तथा स्थानिय पालिकाले सार्वजनिक बिदा दिएको दिन कैलाली जनपुस्तकालयमा पनि बिदा हुन्छ ।
पुस्तकालयमा आएर पढ्न कुनै शुल्क लाग्छ कि ?
+
कैलाली जनपुस्तकालयमा आएर पढ्न कुनै शुल्क लाग्दैन । आफुलाइ आवश्यक परेको पठन सामग्री कर्मचारीहरु सँग मागेर पुस्तकालयको पठन कक्षमा बसेर पढ्न सकिन्छ । तर घर लगेर पढ्न भने पुस्तकालयको पाठक सदस्य बन्नुपर्छ । त्यसको लागि शुल्क तिर्नुपर्छ ।
त्यसोभए पाठक सदस्य बन्न कति शुल्क तिर्नुपर्छ र प्रक्रिया के छ ?
+
पुस्तकालयको पाठक सदस्य बन्न सर्वप्रथम निवेदन दिनुपर्छ । पुस्तकको धरौटी बाफत रु ५०० तिर्नुपर्छ । त्यसपछि पाठक सदस्य बाफत वार्षिक रु १२५ तिर्नुपर्छ । यति गरेपछी तपाईं पुस्तकालयको पाठक सदस्य बन्न सक्नुहुन्छ ।
पुस्तकालयबाट पुस्तक घर लगेमा कति दिन राख्न पाइन्छ ?
+
पुस्तकालयबाट पुस्तक लगेर १५ दिन सम्म घरमा राख्न पाइन्छ । तर १५ दिन भन्दा बढी राखेमा बिलम्ब शुल्क लाग्छ । प्रत्येक थप एक दिनको रु ५ का दरले बिलम्ब शुल्क लाग्छ ।
एक पटकमा कति वटा पुस्तक घर लैजान पाइन्छ ?
+
साधारणतया एक सदस्यले एक पटकमा एउटा पुस्तक १५ दिनका लागि लैजान सक्छ ।
पुस्तक फिर्ता नगरेमा जरिवाना लाग्छ ?
+
हो, तोकिएको समय (१५ दिन) नाघेमा प्रति दिन/प्रति पुस्तक तोकिएको दर अनुसार जरिवाना लाग्छ ।
पुस्तक हराएमा के गर्नुपर्छ ?
+
सम्बन्धित पुस्तकको नयाँ प्रति उपलब्ध गराउनु पर्ने वा पुस्तकालयले तोकेको क्षतिपूर्ति तिर्नु पर्ने हुन्छ ।
पुस्तकालयमा फोटो खिच्न वा मोबाइल प्रयोग गर्न पाइन्छ ?
+
शान्त वातावरण कायम गर्न मोबाइल साइलेन्ट मोडमा राख्नुपर्छ। फोटो खिच्न पूर्व अनुमति आवश्यक हुन्छ ।
पुस्तक सुझाव वा माग कसरी गर्न सकिन्छ ?
+
पुस्तक सुझाव फाराम भरेर वा पुस्तकालय प्रमुख/कर्मचारीलाई जानकारी गराएर माग गर्न सकिन्छ।
पुस्तक नवीकरण (renew) कसरी गर्ने ?
+
पुस्तक फिर्ता मिति अगावै काउन्टरमा वा तोकिएको प्रणालीमार्फत नवीकरण गर्न सकिन्छ।
बाहिरका पुस्तक वा नोटबुक ल्याउन पाइन्छ ?
+
नोटबुक ल्याउन पाइन्छ । बाहिरका पुस्तक ल्याउन सम्बन्धित नियम लागू हुन्छ ।
पुस्तकालयमा के कति पुस्तकहरु कुन कुन बिधाका उपलब्ध छन् ?
+
पुस्तकालयमा विभिन्न बिधाका गरि १३००० भन्दा बढी पुस्तकहरु उपलब्ध छन् । साहित्यका विविध विधाहरु कथा, कबिता, उपन्यास, निबन्ध, नाटक इत्यादिका पुस्तकहरु छन् । विभिन्न भाषाका शब्दकोषहरु छन् । लोकसेवा, शिक्षक सेवा तथा विभिन्न प्रतिस्पर्धात्मक परिक्षाको तयारीको लागि आवश्यक पर्ने पठन सामग्रीहरु उपलब्ध छन् । धार्मिक पुस्तकहरु छन् । बिज्ञान प्रबिधि सँग सम्बन्धित पुस्तकहरु छन् ।
पुस्तकालयमा इन्टरनेट सुबिधा कत्तीको गुणस्तरीय छ ?
+
हाम्रो पुस्तकालयमा भएको ईन्टरनेट सेवा गुणस्तरीय नै छ । सुचना प्रबिधीको क्षेत्रमा हामी नयाँ अभ्यास र प्रयोग पनि गर्दै छौं ।
पत्रपत्रिकाहरु पनि उपलब्ध हुन्छन् ?
+
हो, पुस्तकालयमा दैनिक, पाक्षिक, मासिक, वार्षिक रुपमा प्रकाशित हुने स्थानीय तथा रास्ट्रिय पत्रपत्रिकाहरु, बुलेटिनहरु उपलब्ध छन् । प्रत्येक दिन दैनिक पत्रीकाहरु पुस्तकालयमा आउने गर्दछन् । विभिन्न संघसंस्थाले प्रकाशित गरेका साहित्यिक बुलेटिनहरु, स्मारीकाहरु पनि पुस्तकालयमा उपलब्ध हुन्छन् ।
पुस्तकालयमा पुराना पत्रपत्रिकाहरु पनि उपलब्ध हुन्छन र ?
+
हो, यस पुस्तकालयमा पुराना पत्रपत्रिकाहरुलाई पढिसकेर सुरक्षित तरिकाले संग्रह गरेर राखिएको हुन्छ । पाठकहरुले आफुलाइ चाहिएको पत्रपत्रिका (पुस्तकालयमा उपलब्ध हुने ) चाहिएको समयमा पढ्न सक्छन् ।
पुस्तकालयको आजिवन सदस्यता लिन के गर्नुपर्छ ?
+
पुस्तकालयको आजिवन सदस्यता लिन सर्वप्रथम रु २५०० को रसिद काटी निवेदन दिनुपर्छ । निवेदन साथ नागरिकताको फोटोकपी र चार प्रती पासपोर्ट साइजको फोटो पनि दिनुपर्छ । यसरी निबेदन दिइसकेपछी प्रबन्ध समितिको बैठकले निवेदन अनुसार आजिवन सदस्यता दिने निर्णय गर्छ । र केही दिनमै आजिवन सदस्यताको प्रमाणपत्र पाइन्छ ।