कैलाली जनपुस्तकालयमा खुल्ला हाजिरीजवाफ प्रतियोगिता

कैलाली जनपुस्तकालयको ६८ औं वार्षिकोत्सवको अवसरमा खुल्ला हाजिरीजवाफ प्रतियोगिता आयोजना हुन गइरहेको छ।

मिति र समय: २०८२ साल माघ १० गते शनिबार, दिउँसो १२:३० बजे।

स्थान: कैलाली जनपुस्तकालयको सभाहल, धनगढी।

सहभागिताका शर्तहरू:

  •   प्रतियोगितामा जो कोहीले भाग लिन सक्नेछन् र एक समूहमा २ जना हुनुपर्नेछ।
  • दर्ता शुल्क प्रति समूह रु १०० लाग्नेछ।
  • पहिले दर्ता हुने १० समूहलाई मात्र सहभागी गराइनेछ।
  • प्रश्नहरू खरिदारको पाठ्यक्रममा आधारित हुनेछन्।

 

पुरस्कार: प्रथम: रु ५,००० | द्वितीय: रु ३,००० | तृतीय: रु २,०००।

दर्ता गर्ने अन्तिम मिति: २०८२ माघ ९ गते शुक्रबार (कार्यालय समयभित्र)।

दर्ता प्रक्रिया: पुस्तकालयको कार्यालयमा वा eSewa (९८४८९८३८८०) मार्फत शुल्क तिरी WhatsApp (९८४८९८३८८०) मा सम्पर्क गर्न सकिनेछ।

थप जानकारीका लागि: ०९१-५२१५३५ वा ९८४८९८३८८०।

Quiz Notice